मोरङको बुढीगंगामा लहरी दुर्घटनामा तीन बालबालिकाको ज्यान गयाे

Jhalkonepal

मोरङ, फागुन १२

मोरङको बुढीगंगा गाउँपालिमा भएको लहरी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बुढीगंगा ४ प्रगती टोलमा लहरी दुर्घटना भएर  तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना बालक सहित  अर्का एक जना रहेको प्रहरीले जनाएको छ। 

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।  ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् ।  उनीहरु सुतेको बेला लहरी गाडी पल्टिएर ठुलो टुङगाले किचेर मृत्यु भएको प्रत्यदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान  कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।

भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी दुर्घटना भएको थियो ।  

प्रतिक्रिया