भौतिक पूर्वाधारले मात्र शिक्षाको सुधार नहुने नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइ

Jhalkonepal

सुनसरी, फागुन १६ 

 

भौतिक पूर्वाधारले मात्र शिक्षाको सुधार नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।  इटहरी उपमहानगरपालिका ४ मा नवनिर्मित कचना बुढिगंगा महादेव माध्यमिक विद्यालय भवनको उद्घाटन गर्न सुनसरी आई पुग्नु भएका  अध्यक्ष ओलीले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् कुशल शिक्षक , ज्ञान सम्प्रेषण गर्ने कला र क्षमताले शिक्षाको गुणस्तर भर पर्ने बताउनु भयो ।

 

भवन राम्रो भएर पनि परिणाम नराम्रो आउने गरेका उदाहरण बाट ज्ञान शिक्षा लिएर कचना मा बि सँग भएको सुविधा सम्पन्न भवनबाट उत्पादित बिद्यार्थिहरु एकसेएक प्रतिभावान् हुन सकुन् भन्ने कुरामा ध्यान दिन उहाँले  विद्यालयको ध्यानाकर्षण गराउनुभयो । 

 सोही क्रममा  अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको भनेर आफ्नो आलोचना हुने गरेको भन्दै आफूले देशभर शिक्षा, स्वास्थ्य र पूर्वाधारका योजना सुरु गरेको बताउनुभयो ।   नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सबैका लागि गुणस्तरीय शिक्षा पुर्‍याउनु नै आफ्नो उद्देश्य भएको बताए ।  नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत झन्डै साढे ९ करोडको लागतमा ३ तले सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

 

प्रतिक्रिया