सुनसरीका भण्डारी र भोजपुरका लिम्बु कोशी प्रदेशकाे चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Jhalkonepal

सुनसरीबैशाख ७

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक बिशाल लिम्बु चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी सुनसरीका प्रहरी नायव उपरीक्षक भण्डारी र जिल्ला प्रहरी भोजपुरका प्रहरी निरीक्षक लिम्बुलाई २०८० सालको चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रहरीनायव उपरीक्षक भण्डारीको कमाण्डमा हरिनगर गाउँपालिका(२ का आशिफ अन्सारीको पैसा भएको झोला लुटेर भागेको घटना अनुसन्धान गरी मोहम्मद इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरीएको थियो । यस्तै हरिनगर वडा ३ मा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रभावकारी प्रहरी परिचालन गरी जनधनको क्षति हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र तेस्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालको सुरक्षामा प्रभावकारी प्रहरी परिचालन गरेकोमा उहाँलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भण्डारी पछिल्लो समय सुनसरी जिल्लामा लागु औषध बिरुद्धको  अभियानमा समेत सकृय हुनुहुन्छ ।

यस्तै भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बु चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । उहाँले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर अरुण गाउँपालिका(४ का सौरभ तामाङलाई झापाको काँकडभिट्टाबाट पक्राउ गर्नु भएको थियो । यस्तै आमचोक गाउँपालिका(७ मान्द्रे भिरबाट खसेर हस्तबहादुर मगर मृत्यु भएको घटनाको अनुसन्धान गरी त्यसमा संलग्न पदमबहादुर मगरलाई भरुवा बन्दुक २ थान सहित पक्राउ गर्नु भएको थियो । साथै मोटरसाइकल चोरीको घट्नामा भोजपुर(५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई पक्राउ गर्न सफल भएकोमा त्यसको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।

 

 

 

प्रतिक्रिया