काठमाण्डाै, असार १९
मध्य इन्डोनेसियामा अजिङ्गरको
पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ ।
आफ्नो बिरामी बच्चाका लागि औषधि
किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाटी बेपत्ता हुनुभएको र
खोजी गर्ने क्रममा उहाँलाई अजिङ्गरको पेटभित्र मृत भेटिएको प्रहरीले बताएको छ । घटनाबारे गाउँ सचिव इयाङलेले भन्नुभयो, “उहाँका श्रीमान् आदियान्साले दक्षिण
सुलावेसी प्रान्तको सितेबा गाउँमा आफ्नो घरबाट करिब ५०० मिटर टाढा भुइँमा मृतककको
चप्पल र प्यान्ट फेला परेको र त्यसको केही समयपछि उहाँले बाटोबाट करिब १० मिटर टाढा एउटा अजिङ्गर
देख्नुभएको र उसको पेट धेरै ठुलो देखेपछि आदियान्सालाई शङ्का लागेर गाउँलेहरूको
सहयोगमा अजिङ्गरको पेट चिर्नुभएको थियो । पेटभित्र उनीहरूले मृतक सिरियाटीको
शव फेला पारेका हुन् ।” गत महिना दक्षिण सुलावेसीको अर्को
जिल्लामा जालीदार अजिङ्गरको पेटभित्र एउटी महिला मृत फेला परेकी थिइन् । गत वर्ष प्रान्तका बासिन्दाहरूले एकजना किसानको घाँटी दबाएर खादै
गरेको अवस्थामा आठ मिटर लामो अजिङ्गरलाई मारेका थिए । सन् २०१८ मा दक्षिणपूर्वी सुलावेसीको मुना
सहरमा सात मिटर अग्लो अजिङ्गरको पेटभित्र ५४ वर्षीया महिला मृत फेला परेकी थिइन् ।