काठमाण्डाै, भदाै २४
क्यानडामा हुन गइरहेको आइसिसी
विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको नाम सार्वजनिक भएको छ ।
नेपाल
क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्य नेपाली टोलीको
नाम घोषणा गरेको हो । टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकालले
पुनरागमन गरेका छन् । त्यस्तै १६ सदस्य
टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन् ।
लिग
२ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै
नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच
त्रिकोणात्मक टी२० आई सिरिज पनि हुनेछ ।
त्रिकोणात्मक
टी२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९
सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
त्यसपछि
नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच
त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ । अमेरिकालाई फेरि अर्को टोली घोषणा गर्ने क्यानले जनाएको छ । ८ टोली
सहभागी हुने लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट
खेल्न पाउनेछन् ।
रोहित पौडेलको कप्तानीमा, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव
खनाल (ट्राभलिङ रिजर्भ) को रूपमा टिममा परेका छन् ।