नाबालिकामाथि बलात्कारको आरोप, ५२ वर्षीय व्यक्ति पक्राउ

Jhalkonepal

झापा- जिल्लामा १३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ डुडामारी निवासी ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।

घटनासम्बन्धी उजुरी दर्ता भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया