डडेलधुरा, वैशाख २३
डडेलधुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बाग्मती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बेनीघाट रोराङका ३१ वर्षीय सुदीप बिक र डडेलधुराकाे नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत बिकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
२२ बैशाख २०८१, आईतबार ०२:४४ मा प्रकाशित