काठमाण्डौं, असार २३
भारत जिम्बावे टि२० श्रृखंलाको दोस्रो खेल भारतले जितेको छ । पहिलो खेलमा अप्रत्यासित रुपमा पराजित भएको भारतले पुनरागमन गर्दै जिम्बावेलाई १०० रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३४ रनको विशाल लक्ष्य खडा गरेको थियो । भारतका लागि अभिशेष शर्माले शतकिय पारी खेले उनले ४७ बलको सामना गरि १०० रन बनाए । यस्तै रितुराज गायकवाडले ७७ र रिंकु सिंहले ४८ रनको योगदान गरे । जिम्बावेका बलेसिंग मुजारबानी र विलिंग्टन मसाक्दजाले १,१ विकेट लिए ।
२३५ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जिम्बाव १९ औ ओभरको चौथो बलमा अल आउट हुदा १३४ रन मात्र जोड्न सफल भयो । जिम्बावेका विल्सी मधेवरेले ४७ रन बनाए । यस्तै लुके जोंग्वेले ३३ र ब्राइन ब्रेन्नेटले २७ रन जोडे । भारतका मुकेश कुमार र आवेस खानले ३,३ विकेट लिए । यस्तै रवी विस्नोइ र बासिंग्टन सुन्दरले १,१ विकेट लिए ।
जितसंग ५ खेलको श्रृंखला १-१ को बराबरीको अवस्थामा पुगेको छ ।