विराटनगर , पुस २२
कोशी प्रदेशको मुख्य महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला नियुक्त हुनुभएकाे छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा आज प्रदेश प्रमुख परशुराम खापुङले कोइरालालाई मुख्य महान्यायाधिवक्ता नियुक्त गर्नुभएकाे हाे । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य महान्यायाधिवक्ता नियुक्तिको लागि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएकाे थियाे ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । कोइराला यस अघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रूपमा नियुक्त हुनुभएकाे थियाे ।
२१ पुस २०८०, आईतबार ०५:२८ मा प्रकाशित