काठमाण्डौ, मंसिर २६
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको खेल बाट सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा उक्लिँदा लुम्बिनी लायन्सले भने प्लेअफ यात्रा टुङ्ग्यायो । र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी एनपीएलको प्लेअफ रेसबाट बाहिरिने पहिलो टिम बनेको छ ।
आजका दुई खेलपछि अंक तालिकामा केही फेरबदल भएको छ । यसअघि शीर्ष स्थानमा रहेको जनकपुर दोस्रोमा झर्दा दोस्रोमा रहेको सुदूरपश्चिम शीर्ष स्थानमा पुगेको छ । चितवन राइनोज ६ अंकका साथ तेस्रो स्थानमा छ भने ६ अंक नै जोडेको कर्णाली याक्स रन रेट कम भएकाले चौथो स्थानमा छ ।
पाँचाैँमा काठमाडौं गुर्खाज, छैटाैँमा लुम्बिनी लायन्स, सातौँमा पोखरा एभेन्जर्स र आठौँमा विराटनगर किंग्स छन् । लुम्बिनीले ५ खेलमध्ये ४ मा हारेर प्लेअफ यात्रा टुङ्ग्याउँदा काठमाडौं, पोखरा र विराटनगरले अहिलेसम्म ४/४ खेल मात्र खेलेका छन् ।
२५ मङ्सिर २०८१, बुधबार ०६:५० मा प्रकाशित