आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्ड सँग अमेरिका पराजीत

Jhalkonepal

काठमाण्डौ, कार्तिक १०

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ ।
डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।
अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका एन्ड्रियु उमिदले ९८ र चार्ली टियरले ४३ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि शाड्ली भान स्काल्कवेकले सर्वाधिक ५५ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले चार र ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए ।
 

प्रतिक्रिया