नेपालगन्ज, माघ १३
प्रथम
नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपीएफका प्रिन्स दाहालले
जितेका छन्। बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद्
लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको शनिबार नेपालगन्ज
रंगशालास्थित कबर्ड हलमा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका कविर केसीलाई
२१-७ र २१-१४ को सोझो सेटमा पराजित गर्दै दाहाल उपाधि हात पार्न सफल भएका हुन्।
नेपाल प्रहरीका जीवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो भए।
त्यसैगरी पुरुष युगल (बी लेभल) तर्फ सुर्खेतका
राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो। सो जोडीले सेमिफाइननलमा धनगढीका
भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१-१७, २३-२१ ले पराजित गरेको थियो। नेपाल प्रहरीका चक्रबहादुर डम्बरपाल र अविक
श्रेष्ठको जोडी तथा गुलरियाका शरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए।
त्यसैगरी महिला
एकलतर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१-१०, २१-८ को सोझो दुई
सेटमा पराजित गर्दै उपाधि जितेकी छन्। नेपाल प्रहरी नीता लम्साल र कैलालीकी एलिना
सुनार तेस्रो भइन्।
त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ
बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी प्रथम भयो। श्रेष्ठ र लाखेको
जोडीले होटल स्टारलाइटका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२-२०, २१-१६ सोझो सेटमा पराजित गरेको थियो। बुटवलका
वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको
जोडी तेस्रो भए।
पुरुष एकलका विजेतालाई नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५-१५
हजार नगद प्रदान गरियो । महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले
१५-१५ हजार प्राप्त गरे। पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५-१५
हजार प्रदान गरियो।
त्यस्तै पुरुष युगल (बी लेभल) ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१०
हजार पाए। यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१०
हजार रुपैयाँ प्रदान गरेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय
थापाले जानकारी दिए।
नकआउट आधारमा भएको प्रतियोगितामा विभागीय टोली
त्रिभुवन आर्मी क्लब, एपीएफ तथा
नेपाल पुलिससहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको
सहभागिता रहेको थियो।