इटहरी ,चैत १७
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले जितेके छ ।
शनिबार इटहरी रंगशालामा
भएको फाइनल खेलमा विभागी टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै
चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजका लागि खेलको
४ मिनेटमै राजेश परियारले गोल गरे । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका राजेश
परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
सर्वोत्कृष्ट खेलाडीमा
राष्ट्रिय जागृति क्लब (राजा) का मनोज दनुवार घोषित हुँदै नगद एक लाखसहित मेडल
प्राप्त गरे ।
खेलको विजेता चर्च
ब्वाइजले नगद १० लाखसहित ट्रफी हात पारेको छ भने उपविजेता आर्मीले नगद पाँच लाखमा
चित्त बुझाएको छ ।
आयोजक राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा भारतसहित आठ टिम सहभागी थिए ।
१६ चैत २०८०, शनिवार १०:३२ मा प्रकाशित