सुनसरीको रामधुनी मन्दिरमा नियमित पूजा पाठ नराेकिएकाे मन्दिर व्यवस्थापन समितिद्धारा स्पष्ट

Jhalkonepal


सुनसरी , फागुन १३ 

सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा नराेकिएकाे व्यवस्थापन समितिले जनाएको छ । 

रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले  मन्दिरमा तालाबन्दी भएर पुजापाठ रोकिएको भन्ने बिषयमा तालाबन्दी नभएको र नियमित पूजापाठ सुचारु रहेको जानकारी दिनुभएको छ ।

गुठी मार्फत सञ्चालन रहेको मन्दिरमा व्यवस्थापन समितिको नाममा दैनिक पूजापाठ नै अवरोध गर्ने गरी हस्तक्षेप भएको  भनि प्रचार प्रसार हुन थालेपछि ब्यावस्थापन समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे प्रष्ट पारेको हो 

यसका बारेमा जिल्ला प्रशासन कार्यालयले मन्दिरको अवलोकन र अनुगमन गरी सरोकारवाला पक्षसँग छलफल गर्दा मन्दिरमा पूजा नरोकिएकोे सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभएको छ ।

नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र मानिएको मन्दिरमा भगवान् रामचन्द्र वनवास गएका बेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एक रात बास बस्दा जलाएको अखण्ड धुनी अहिलेसम्म जलिरहेको जनविश्वास छ ।

 

प्रतिक्रिया