क्रिकेटर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट लिए सन्यास

Jhalkonepal

काठमाडौँ, भदाै ८

 

भारतका ओपनर ब्याटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

शनिबार सामाजिक सञ्जालमा आफ्ना प्रशंसकका लागि भावुक भिडियो राख्दै उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका साथै सबै फर्मेटबाट सन्यासको घोषणा गरेका हुन्।

धवनले अन्तिमपटक भारतका लागि सन् २०२२ मा एकदिवसीय श्रृंखला खेलेका थिए। त्यसपछि शुभमन गिल र अन्य ब्याटरहरूको प्रदर्शनका कारण उनले टिममा स्थान सुनिश्चित गर्न सकेनन्।

धवनले भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० म्याच खेलेका छन्। उनले एकदिवसीय क्रिकेटमा ४४.११ को औसतले ६ हजार ७९३ रन बनाएका छन्। त्यस्तै टेस्टमा ४०.६१ को औसतले २ हजार ३१५ रन उनले बनाएका छन्।

धवनले भारतका लागि २६९ अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय म्याच खेलेकोमा २४ शतक बनाएका छन्। आइपिएल २०२४ मा उनले पञ्जाब किंग्सका लागि कप्तानी गरेका थिए। टिमका सार्थ उनलाई ‘गब्बर’ भनेर बोलाउने गरेका छन्।

 

प्रतिक्रिया