निजगढ वर्कसपमा भएकाे विस्फोटमा ज्यान गुमाउनेकाे संख्या ३ पुग्यो

Jhalkonepal


बारा , फागुन १५

बाराको निजगढमा वर्कसपमा भएकाे विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतको उपचार भइरहेको छ ।

निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा अाज बिहान निधन भएको छ ।वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवालकाे उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

प्रतिक्रिया