सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ लाई

Jhalkonepal

विराटनगर, कार्तिक १०

मोरङको बेलबारीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि कब्जा गरेको हो। उपाधिसँगै झापा ११ ले ८ लाख नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ। त्यस्तै, उपविजेता सलहेसले ४ लाख नगदसहित ट्रफी प्राप्त गरेको छ।

प्रतिक्रिया