महोत्तरी मटिहानीको आगलागीमा १ सय २५ घर जले , ६ घण्टापछि नियन्त्रणमा,

Jhalkonepal

महाेतरी , वैशाख १२

महोत्तरीको मटिहानी नगरपालिकामा आगलागी हुँदा करिब १०० भन्दा बढी घरगोठ जलेका छन् । मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा दिउँसो १ बजे सल्किएको आगलागीले बस्ती नै सखाप पारेको हो । १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ । धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास रहेकव विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रणमा लिन समय लागेकाे हाे । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार  अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको छ  । उहाका अनुसनर  थप विवरण संकलन कार्य भइरहेको छ । आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेका छन । ।




प्रतिक्रिया