सुनसरी, माघ २२
नेपाल बहुजोखिमयुक्त देशको सूचिमा विश्वमै २० औ नम्बरमा पर्दछ । जलवायु परिवर्तनको असरको जोखिमको दृष्टिकोणले विश्वमा चौथो नम्बरमा, भूकम्पको जोखिमको दृष्टिकोणले ११ औ र बाढिको जोखिमको दृष्टिकोणले विश्वमै ३० औ नम्बरमा पर्दछ । हरेक वर्ष नेपालले कुनै न कुनै विपद्को सामना गरिरहेको छ । बाढी पहिरो, भूकम्प, आगलागी जस्ता प्रकोपको कारण दर्जनौँ मानिसले ज्यान गुमाउनुको साथै सयौँ घरबार विहीन भएर विस्थापित हुन पुग्छन् । नेपालमा विगत १० वर्ष यता विपद्का ३८ हजार ५९ वटा घट्नामा १४ हजार ९ सय ६० को मृत्यु भएको छ । यसै गरी कोशी प्रदेशमा मात्रै १० वर्ष यता विपद्का ९ जार ६ सय ९९ वटा घटना भएका छन् । जसमा १ हजार १ सय ६८ जनाको मृत्यु भएको छ । विपद्का घटना बाढी पहिरो , आगलागी , सुख्खा खडेरी , चट्याङ , हावाहुरी , असिना , शाीतलहर , लगायतका घटना बढी हुने गरेकाछन । यी मध्ये आगलागी र चट्याङका घटना कोशी प्रदेशमा धेरै हुने गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका विपद् ब्यबस्था कार्यकारी समितिका विज्ञ सदस्य रामकुमार दाहालले बताउनुभयो ।
विपद् विज्ञ दाहालका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मानिसको
मृत्यु प्राकृतिक प्रकोप मध्ये चट्याङका कारण हुने गरेको छ । अनि आगलागीका घटना
धेरै हुनेगरेकाछन । कोशी प्रदेशमा मात्रै विगत १० वर्षयता चट्याङका कारण ७
सय ७६ वटा घटनामा ३ सय २६ जनाले ज्यान गुमाएका छन् । यसै गरी दोस्रो नम्वरमा
आगलागीका घटना रहेकाछन । विगत १० वर्ष यता कोशी प्रदेशमा मात्रै ६ हजार ४ सय ७५
वटा आगलागीका घटना भएकाछन जसमा १ सय ७९ जनाले ज्यान गुमाएकाछन । यसै गरी हरेक वर्ष
बाढी डुबान हुने गर्छ जसमा १० वर्ष यता ५ सय ३२ वटा घटना भएकोमा १५८ जनाले ज्यान
गुमाएका छन् ।