विराटनगर , कातिक १
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएकाे छ । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बन्नुभएका कार्कीले प्रदेशसभामा रहेका मध्येबाट दुई तिहाइ बढी मत प्राप्त गनुर्रेभएको हो । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत छ भने विपक्षमा ५ जनामात्रै रह्यो । राप्रपाका एक सांसद अनुपस्थित रहे ।
संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।
यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।
३० असोज २०८०, बुधबार ०५:३९ मा प्रकाशित