काठमाण्डौं, असार ६
टि२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत सुपर ८ को आज विहान भएको खेलमा वेष्ट इन्डिज इंग्लैण्डसंग पराजित भएको छ । पहिले ब्याटिंग गरि बेष्टइन्डिजले बनाएको १८० रनको लक्ष्य इंग्लैण्डले १८ औ ओभरमै पुरा गरि खेल जित्यो ।
वेष्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो । जसमा जोन्सन चार्लेसले ३८, निकोलस पुरनले ३६, रोभेन पावेलले ३६, सेरफेन रुदरफोडैले २८ र ब्रान्डन किंगले २६ रन बनाए । इंग्लैण्डका लियम लिभिंग्स्टोन, मोइन अली, आदिल रसिद र जोफ्रा आर्चरले १,१ विकेट लिए ।
१८१ रनको लक्ष्य इंग्लैण्डले १८ औ ओभरको दोस्रो बलमा २ विकेट गुमाएर पुरा गर्यो । जसमा फिल साल्टले ८७ र जोनी बारिस्टोले नटआउट ४८ रनको योगदान गरे । यस्तै जोस बटलरले २५ र मोइन अलीले १३ रन को योगदान गरे । वेष्टइण्डिजका रोस्टन चेज र आन्द्रे रसलले १,१ विकेट लिए ।