विराटनगर आगलागी: मृतककाे संख्या ३ पुग्याे

Jhalkonepal

विराटनगर, मंसिर २१

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएकाे आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएसंगै मृतककाे संख्या ३ पुगेकाे हाे । यसअघि  घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान र आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलकाे उपचारकाक्रममा ज्यान गएकाे हाे ।   थप घाइते ३ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे ।


प्रतिक्रिया