काठमाण्डौ, माघ १२
कास्कीको पोखरा रङ्गशालामा आजदेखि पाँचौँ संस्करणको
‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’
भलिबल प्रतियोगिता शुरू भएकाे छ ।
आज
पहिलो दिन तीन वटा खेल हुँदैछन् । आज महिला तर्फका तीन खेल हुने आयोजकले जनाएको छ
। यी खेलमा अहिले एपीएफ र ट्राभल इन्क्वारी, साढे १२ बजे न्यू
डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दिउँसो तीन बजे आयोजक टाइगर ग्रुप अफ
पोखरा र त्रिभुवन आर्मी क्लबबीच हुनेछन् ।
पुरुषतर्फ
६ र महिलातर्फ ६ गरी १२ टोली सहभागी छन् । प्रतियोगिता यही १९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५
रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने
टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।
११ माघ २०८१, शनिवार १२:४१ मा प्रकाशित