युरो कप २०२४ : युरोकपको क्वाटरफाइनल समीकरण पूरा

Jhalkonepal

काठमाडौँ, असार १९

रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा गएराति भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३-० ले हराएको हो । 

यस्तै, गएराति नै भएको अर्को रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जीत दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो ।

यो सँगै युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्यान्ड्स र टर्की तथा इंग्ल्यान्ड र स्विजरल्यान्ड भिड्ने छन् 

 

प्रतिक्रिया