खुकुरी प्रहारबाट एक महिलाको हत्या

Jhalkonepal

 सुनसरी, असोज २३ 

सुनसरीको इटहरी उपमहानगरपालिका १७ कि कमला तामाङको खुकुरी प्रहारबाट हत्या भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उपमहानगरपालिका १७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९ बर्षीय निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने निमा तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया