कोशीको मन्त्रिपरिषद विस्तार, ६ जना मन्त्री थपिए

Jhalkonepal

बिराटनगर , माघ २६ 

कोशी प्रदेशमा सरकार विस्तार भएकाे छ । मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको ४ महिनापछि दोस्रो पटक सरकार विस्तार गर्नुभएकाे हाे । उहाँले  ४ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्नुभएकाे छ । नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री हुनुभएकाे छ । सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग‚ कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे हाे । यता माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बन्नु भएकाे छ । कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे हाे । 

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा कांग्रेसका इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त हुनुभएकाे छ । सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु हुनुहुन्छ ।  ६ जना थपिएपछि मन्त्रीमण्डल १० जनाको भएको छ।

प्रतिक्रिया