क्यानडाले घरेलु टोली अमेरिकालाई १ सय ९५ रनको लक्ष्य प्रस्तुत

Jhalkonepal

काठमाडौं , जेठ २०

आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा क्यानडाले घरेलु टोली अमेरिकालाई १ सय ९५ रनको लक्ष्य दिएको छ।

डल्लासको ग्राण्ड प्रेरी मैदानमा सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको क्यानडाले पूरै २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रन जोड्यो । उसका लागि नवनीत धालिवालले ६१ र निकोलस किर्तनले ५१ रनको अर्धसतकीय पारी खेले। त्यस्तै आरोन जोनसनले २३ तथा श्रयस मोभ्भाले ३२ रनको योगदान गरे।

अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डर्सनले एक–एक विकेट लिए। 

प्रतिक्रिया