काठमाडौँ, असार ३१
फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो ।
स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । सन् १९६४, २००८ र २०१२ गरी तीन पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।
खेल स्पेनले २–१ ले आफ्नो
पक्षमा पार्यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले
निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर
सिर्जना गरेका थिए ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।
स्पेन
लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।
यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि
जित्नबाट वञ्चित बनेको छ। इंग्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो । इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको
फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।