पाँचथरमा श्रीमान्‌ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Jhalkonepal

पाँचथर, पुस २७

पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ ।

तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ  ।

खुकुरी हतियार प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन् । 

बिहीबार साँझ ८ बजे घरायसी ससुराली घरमा विवाद मिलाउन छलफल भइरहेका बेला  कुरुम्बाङले हतियार श्रीमती सासु र छिमेकीलाई हतियार प्रहार गरेका थिए । विवादको विषय भने खुल्न बाँकी छ ।

प्रतिक्रिया