काठमाण्डाै, माघ २
खो–खो विश्वकपको पुरुषतर्फ नेपालले ब्राजिललाई फराकिलो
अन्तरले हराएको छ । समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ ले
हरायो ।
प्रतियाेगितामा नेपालको यो दोस्रो
जीत हो । हिजो भएको खेलमा नेपालले पेरुलाई हराएको थियो भने पहिलो खेलमा भारतसित
पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहीवार भुटानसँग
खेल्नेछ ।
यस्तै खो–खो विश्वकपको महिलातर्फ
नेपालले आजै श्रीलङ्कासँग खेल्दैछ । महिलातर्फ नेपालले पहिलो खेलमा भुटान र दोस्रो
खेलमा जर्मनीलाई हराएको थियो । नेपाली महिला टोलीले समूह चरणको अन्तिम खेलमा भोलि
बङ्गलादेशसँग खेल्नेछ ।
महिला र पुरुष दुवै टोलीलाई ४ वटा
समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली क्वाटरफाइनलमा
पुग्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
१ माघ २०८१, बुधबार ०३:१७ मा प्रकाशित