काठमाडौँ, असोज ११
विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा महिला
लिगमा
बागमती युवा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थीत एन्फा
कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई
७–० गोल अन्तरले पराजित गरेको हो।
एपीएफको जितमा
रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता
बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट
प्राप्त गरेको थियो।
जितसँगै ९ खेलमा २५ अंक
जोडेको एपीएफ शीर्ष स्थानमा छ। पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं
स्थानमा छ।
१० असोज २०८१, शुक्रबार ०७:०१ मा प्रकाशित