क्वालिफायर जित्दै कोलकत्ता फाइनलमा, हैदराबादले एक मौका फेरी पाउने

Jhalkonepal

काठमाण्डांै, जेठ ९

पहिलो क्वालिफायरमा जित्दै कोलकत्ता नाइट राइडर्स आइपिएल २०२४ को फाइनल प्रवेस गरेको छ । अहमदावादमा हिजो भएको खेलमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकत्ता उपाधीको नजिक पुगेको हो । टस जितेर पहिले ब्याटिंग गरेको हैदराबादको शुरुवात निकै खराब रह्यो । आक्रमक ओपनर ट्रेभिस हेड र अभिषेक शर्माले शुरुवातमै विकेट गुमाएर पछि हैदराबाद शुरुवात देखि नै दबाबमा परेको थियो । हेड शुन्यमा र शर्मा ३ रन मात्र बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका राहुद त्रिपाठीले ५५ रन बनाएर हैदराबादलाई सम्मानजनक स्कोर सम्म पुगाएका थिए । त्रिपाठी बाहेक हेन्रीच क्लेन्शनले ३२, पेट कमिन्सले ३० र अव्दुल सामदले १६ रन बनाए पछि हैदराबाद ३ बल बाकी छदा आफ्ना सबै विकेट गुमाएर १५९ रनमा सिमित यो । 

कोलकत्ताका मिचेल स्टार्कले ३ विकेट लिए भने बरुण चक्रवर्तीले २ तथा बैभव अरोडा, हर्षित, राना, सुनिल नरेन र आन्द्रे रसेलले समान १,१ विकेट लिए । 

१६० रनको लक्ष्य पछ्याउन मैदामा उत्रिएको कोलकत्ताले रहमानुल्ला गुरवाज र सुनिल नरेनको साभेदारीमा जितको आधार बनायो । दुबैले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गरे । जसमा गुरवाजले १४ बलमा २३ र नरेनल १६ बलमा २१ रन बनाए । त्यसपछि बैकटेश एैयर र कप्तान श्रेयस एैयरले अन्तिम सम्म आउट नभएर टिमको जित सुनिश्चित गरे । यसक्रममा दुबै एैयरले अर्धसतक पनि प्रहार गरी ३८ बल बाकी छदै लक्ष्य पुरा गरे । बैकटेशले २८ बलमा ५१ र श्रेयसले २४ बलमा ५४ रनब बनाए । 

हैदराबादका पेट कमिन्स र टि नटराजनले मात्र १,१ विकेट लिन सके । 

जितसंगै कोलकत्ताले फाइनल खेल्ने पक्का भएको छ भने हैदराबादले फाइनल प्रवेसको लागि एक पटक फेरी मौका पाउनेछ । बैग्लुरु र राजस्थानको विच आज हुने इलिमिनेटर खेलको विजेतासंग हैदराबादले फाइनल प्रवेसको लागि पर्सी खेल्ने छ  । 


प्रतिक्रिया