ग्लोबल टी-२० लिगमा नेपाली क्रिकेट टीमका कप्तान पौडेल सहित ३ नेपाली खेलाडी

Jhalkonepal

काठमाडौं, असार ८

क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल सहित ३ नेपाली खेलाडीले खेल्ने भएका छन् ।

यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन् ।

ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ ।

सन्दीप चौथो पटक ग्लोबल टी-२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र दोस्रो पटक विदेशी लिगमा छनोट भएका हुन् ।

यस अगाडि सोमपाल कामीले पनि ग्लोबल टी-२० खेलिसकेका छन् ।

प्रतिक्रिया