सुनसरी , असार २५
गएरातीबाट अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ । जसकाे कारणा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ ।
सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ । टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ ।
पानीको सतह अझै बढ्ने भएकाले सतर्जक रहन जल तथा मौसम विज्ञान विभागले अर्लट गराएकाे छ । ।
२५ असार २०८१, मङ्गलबार १०:२७ मा प्रकाशित