काठमाण्डाै, कार्तिक १२
फुटबल खेलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’ओरको विजेता
फ्रान्सको पेरिसमा आज राति घोषणा गरिँदैछ ।
युरोपियन फुटबल
प्रतियोगिताअन्तर्गत वर्षभर सबैभन्दा उत्कृष्ट खेल खेल्दै टोली र स्वयंका लागि
विभिन्न ट्रफी तथा उपाधि जित्न र जिताउन सफल खेलाडीलाई यो अवार्ड दिइन्छ । सन्
१९५६ देखि प्रत्येक वर्ष उत्कृष्ट खेल्ने खेलाडीलाई दिइँदै आएको बालोन डी’ओरको यो
६८औं संस्करण हो । याे संस्करणसम्म आइपुग्दासम्म यो व्यक्तिगत अवार्ड अहिलेसम्म ४०
भन्दा बढी खेलाडीहरुले जितिसकेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितमा करिब
दुई दशक एकछत्र राज गरेका दुई महान खेलाडी अर्जेन्टिनी विश्वविजेता लियोनल मेसी र
पोर्चुगिजस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी’ओरको मनोनयनमै नपरेपछि अब कसले यो
अवार्ड उचाल्ला त भन्ने चासो फुटवल जगतमा चर्चाको विषय वनेको छ ।
अहिलेसम्म यो अवार्ड मेसीले सर्वाधिक
बढी ८ पटक जितेका छन् । दोस्रोमा फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता क्रिस्टियानो
रोनाल्डोले ५ पटक जितेका छन् । अब भिनिसियस जुनियर, इंग्लिस क्लब म्यानचेष्टर सिटीका अर्लिङ हाल्याण्ड, रोड्री, रियलकै जुड बेलिंङघम, ड्यानी कार्भाजल र किलियन एमबापे,
इटालियन क्लब इन्टर मिलानका लाउटारो
मार्टिनेज, बार्सिलोनाका ड्यानी ओल्मो जस्ता युवा
खेलाडीहरु नै अहिले बालोन डी’ओर अवार्डको मुख्य प्रतिस्पर्धामा छन् ।
११ कार्तिक २०८१, सोमबार ०७:१२ मा प्रकाशित