सुनसरी , असार ३१
लागु औषध कारोवार नियन्त्रणको लागी गोली हदै सम्म कडा रुपमा प्रस्तुत हुने कोशीका ४ जील्लाका सुरक्षा निकायले निणर्य गरेका छन् । कोशी पहाडी जिल्लावाट जल मार्ग हुदै हुने गाँजा लगाएतका कारेबार बढी देखीएकाले यसलाइ नियन्त्रणा गर्न गोलि समेत चलाउन पछि नपर्ने निर्णय गरीएकाे हाे ।
सुनसरी , धनकुटा उदयपुर र भोजपुरका सुरक्षा प्रमुखहरुको आइतबार धनकुटाको भेडेटारमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले यस्तो निणर्य गरेका हुन् । जलमार्ग पुर्ण रुपमा निषेध गरिएको भए पनि रातीको समयमा सप्तकोशी नदिमा धनकुटा , उदयपुर र भोजपुरवाट जलमार्गको प्रयोग हुने गरेको र सुनसरी वाट अन्य लागु औषध पहाडी जिल्ला जाने गरेका कारण यसको रोकथाम तथा निन्त्रण गर्न सहकार्य गर्ने निर्णय समेत भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
सप्तकोशीवाट वासका चेफा तथा ट्युवहरु प्रयोग गरेर लागू औषधको ओसार पसार हुने गरेकोले त्यसलाई रोक्न अधिकतम वल प्रयोग गरेर भए पनि नियन्त्रण गर्ने उहाको भनाई छ यसमा प्रहरी र नागरीक दुबैकाे सहकार्य र समन्वयकारी भुमिकाबाट मात्रै सम्भव हुने बैठकमा बताइएकाे छ । ।
जिल्ला प्रशासन कार्यलय सुनसरीको आयोजनामा भएको वैठकले लागु औषध सहित अपराधिक क्रियाकलाप निन्त्रणमा समेत सुचना आदन प्रदान तथा समन्वय गर्ने निर्णय गरेको छ । चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी र शसस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको थियो । वैठकामा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरका प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बल एक नम्बर बराह बाहिनीका प्रमुख डिआइजि शम्भु सुवेदीको पनि उपस्थिती रहेको थियो । समन्वय बैठकले अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाडी बढ्ने र ग्रैह्रकानूनी क्रियाकलापहरुलाई चार वटै जिल्लाहरुको समन्वयमा प्रभावकारी रुपमा नियन्त्रण गर्ने निर्णय समेत गरेको छ ।