फागुन ४ गतेदेखि रामधुनी एक्स्पो हुने

Jhalkonepal

सुनसरी , माघ २८

यहीँ फाल्गुन ४ गतेदेखि १९ गते सम्म झुम्का बजारमा रामधुनी एक्स्पो २०८० हुने भएको छ । रामधुनीनगर भित्रको स्थानीय कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक्स्पो हुन लागेको झुम्का उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले बताउनु भयो । १५ दिन सम्म संचालन हुने एक्स्पोमा कृषि, पर्यटन तथा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रदर्शन गरी विक्रीका साथै उत्कृष्ट कृषकलाइ सम्मान , विद्यालय स्तरीय बक्तृत्वकला प्रतिस्पर्धा लगाएत स्थानीय देखि ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारबाट मनोरञ्जन गराउने आयोजक वाणिज्य सङ्घका अध्यक्ष चौधरीको भनाइ छ । त्यसका साथै एक्स्पोमा कृषि आधुनिक औजार, उपकरण प्रदर्शनी, सुनसरी जिल्ला र रामधुनीका पर्यटकीय स्थलहरूको तस्बिरहरूको प्रदर्शनी, रामुधनीमा उत्पादन भएका बस्तुको स्टल राख्ने, सांस्कृतिक तथा जातीय भेषभुषाको प्रदर्शनी गर्ने, अटोमोबाइल तथा इलेकट्रोनिक समानको प्रदर्शनी लगायत फुटवेयर गार्मेन्ट र बैङ्किङ संस्थाहरूको स्टल रहने छन् । हाल व्यापार, व्यवसाय शिथिल रहेको, आर्थिक मन्दीले व्यापारीलाई निराशा बनाइरहेको अवस्थामा झुम्का बजारमा फागुन ४ गतेदेखि १९ गते सम्म चल्ने रामधुनी एक्स्पोले करिब ५० लाख बराबरको कारोबार हुने र व्यापार, व्यवसायमा थप चलायमान हुँन व्यवसायीहरूमा थप उर्जा मिल्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया