आईपीएल :चेन्नई सुपर किङ्स १८ रनले पराजीत

Jhalkonepal

काठमाडौं,चैत २७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित हासिल गरेको छ । मङ्गलबार पञ्जाबमा भएको खेलमा घरेलु टोलीले चेन्नई सुपर किङ्सलाई १८ रनले हराएको हो ।

पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०१ रनमा सीमित भयो । डेभन कनवेले अर्धशतकसहित सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

पञ्जाबका लकी फर्गुसनले २ तथा ग्लेन म्याक्सवेल र यश ठाकुरले १–१ विकेट लिए ।

प्रतिक्रिया