काठमाडौँ, असोज ४
विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा लगातार चौथो जित हासिल गरेको छ । आफ्नो अन्तिम खेल अगावै चार खेलबाट ११ अङ्क जोड्दै पुलिस क्लब फाइनल पुगेको हो ।
माल्दिभ्समा भइरहेको प्रतियोगितामा हिजो घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा वाम्कोले २१–२५ ले
जित्यो । दोस्रो सेटमा भने पुलिसले २५–२० को सेटले जित्यो । तेस्रो सेटमा वाक्कोले
२१–२५ ले जित्दै खेल २–२ मा ल्याएको थियो । त्यसपछि खेल पाँचौँ सेटमा धकालियो ।
पाँचौँ तथा निर्णायक सेटमा १५–१३ ले जितेर पुलिसले अपराजित यात्रा कायमै राख्न सफल
भएको हो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग
लिएको हो । पुलिसले आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिसको सामना
गर्नेछ। खेल बेलुका पौने ६ बजे शुरु हुनेछ
।