अफगानिस्तान माथि वेष्ट इन्डिजको विशाल जित

thamas
सुभेष सिनाल
काठमाण्डौं, असार ४
आइसीसी टि२० विश्वकप क्रिकेटको समुह सीको अन्तिम खेलमा वेष्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर पहिले बलिंग गरेको अफगानिस्तानका बलरलाई वेष्टइन्डिजका ब्याटरहरुले लयमा आउन दिएनन । निकोलस पुरनले ५३ बलमा ९८ रन बनाए । उनले अज्मातुल्लाह ओमरजाइको एउटा ओभरमै ३६ रन प्रहार गरेका थिए । यस्तै जोन्सन चर्लेसले २७ बलमा ४३ रन बनाए । साइ होमले २५ र रोभन पावेलले २६ रन बनाएको खेलमा अफगानिस्तानले १५ रन अतिरिक्त दिएको थियो । वेष्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो ।  
अफगानिस्तानका गुलबदिन नैबले २ विकेट लिए भने नविन उल हक र ओमराजाइले १,१ विकेट लिए । 
२१९ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अफगास्तिान १७ औं ओभरमा अल आउट हुदाँ ११४ रन मात्र जोड्न सफल भयो । अफगानिस्तानका इब्राहम जर्दानले ३८ रन बनाए भने अजमतुल्लाह ओमरजाईलेल २३, रसिद खानले १८ र करिम जनतले १४ रन बनाए । 
वेष्टइन्डिजका ओबेड मेक्वोएले ३ विकेट लिए भने गुडाकेस मोती तथा अकिल हुसैनलले २,२ विकेट लिए । यस्तै आन्द्रे रसेल र अलजारी जोसेफले १,१ विकेट लिए । 
जितसंगै वेष्टइन्डिज समुह विजेता बनेर सुपर ८ मा पुगेको छ । भने अफगानिस्तान समुह उपविजेताको रुपमा सुपर ८ मा प्रवेस गरेका छ । 

प्रतिक्रिया