काठमाण्डौं, असोज ७
आइसीसी वल्र्डकप लिग अन्तरगत नेपालले अहिले क्यानडा र ओमानसंग त्रिकोणात्मक श्रृखंला खेलिरहेको छ । तर नेपालको प्रदर्शन खस्किदै गइरहेको छ । ८ देश सम्मिलित यस लिगमा हरेक देशले ओम एन्ड अवे अर्थात एकपटक आफ्नै देशमा र अर्को पटक न्यूट्रल भेन्युमा गरि दुई दुई पटक खेल्ने छन । श्रृंखला शुरुभएको अहिले धेरै भएको छैन । तर नेपाल पछिल्ला ५ खेलमा लगातार हार ब्यर्होर्दै अंकतालिकाको पुछारमा छ। अहिले सम्म खेलेका ७ खेलमा नेपालले एउटामात्र जित हार पारेको छ भने ६ खेलमा पराजित भएको छ।
जारि श्रृंखलामा अहिले सम्म क्याडान ११ खेलमा १४ अंक जोड्दै शिर्ष स्थानमा छ । नेदरलैण्डले ८ खेलमा १२ अंक जोडेको छ भने अमेरिकाले ७ खेलमा १० अंक जोडेर शिर्ष तिन स्थानमा कब्जा जमाएका छन । चौथो नम्बरमा रहेको स्कटलैण्डले ७ खेलमा ९ अंक, पाचौ स्थानको नामिवियाले ११ खेलमा ८ र नेपाल भन्दा एकस्थान माथि छैटौ स्थानमा रहेको ओमानले ६ खेलमा ५ अंक जोडेको छ ।
नेपाल भन्दा पछाडी आठौंस्थानमा रहेको युएईले ५ खेलमा २ अंक जोडेको छ ।
वल्र्डकप लिग २०२७ सम्म चल्नेछ र यसले आगामी विश्वकप क्रिकेटमा सहभागि हुने टोली छनौट गर्नेछ ।