जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

Jhalkonepal

काठमाण्डौं, पौष ३

सुदूरपश्चिम रोयल्यस, जारि एनपिएलको फाइनलमा प्रवेस गरेको छ । पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेस गरेको हो । 

किर्तिपुरमा मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ओभरमा २ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो । सुदूरपश्चिमका विनोद भण्डारीले अर्धसतकिय पारि खेल्दै टिमको जित सुुनिश्चित गरे । भण्डारीले ५५ बलको सामना गर्दै नटआउट ५८ रन बनाए  । यस्तै अर्का ओपनर सैफ जैबले २१ बलमा ३१ रनको योगदान गरे भने ब्रेन्डन मेक्मुलेमले १९ बलमा २५ रन बनाए । समर्थकहरुको चाहनालाई कदर गर्दै ब्याटिंग अडरमा परिवर्तन गर्दै चौथो नम्बरमा खेल्न आएका कप्तान दिपेन्द्र सिंह ऐरीले १६ बलमा २० रन बनाएर टिमको जित सुनिश्चित गरे । जनकपुरका तर्फबाट ललित राजवंशी र किशोर महतोले १,१ विकेट लिए । 

यस अघि  टस जितेर पहिले ब्याटिंग गर्दै जनकपुरले  जेम्स निसामको ४५ रनको मद्दतमा १३९ रन बनाएको थियो । यसबाहेक जनकापुरका शुम कंशाकारले २६, लाहिरु मिलान्जाले १२, आसिफ सेखले ११ र अरनिको यादवले ११ रन बनाएका थिए । 

सुदूरपश्चिमका तर्फबाट कप्तान दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैयवले २ तथा स्कट कुगेलिंजले १ तथा अविनास बोहराले १ विकेट लिए । 

लिग चरणको खेलमा पनि जनकपुरले सुुदूरपश्चिमसग हारको सामना गरेको थियो । लिग चरणको खेलमा अंक तालिकामा दोस्रो स्थानमा रहेको जनकपुरले फाइनलमा पुग्नको लागि एक मौका फेरी पाउने छ । एलिमिनेटरमा विजयी कर्णाली याक्स र जनकपुर बोल्ट्सका विच हुने दोस्रो क्वालिफायरको विजेताले फाइनलमा सुदुरपश्चिम संग खेल्ने छ ।

प्रतिक्रिया