सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय सर्लाहीको बरहथवाबाट पक्राउ

Jhalkonepal

सर्लाही, चैत ६ 

नेपाल प्रहरीले भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाहीको बरहथवाबाट पक्राउ गरेको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै गोली प्रहार गरेर भाग्न खोजेका भारतीय नागरिक २८ वर्षीय सन्नीकुमार सिंह र २४ वर्षीय जितेन्द्र राउतलाई खुट्टामा गोली हानेर पक्राउ गरेको सर्लाही  प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो ।

 सिंह र राउतको साथबाट प्रहरीले ९ एमएम प्रिस्टन पेस्तोल म्यागजिन र त्यसमा लाग्ने गोली पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि व्यक्ति हत्या, डाँका, लुटपाटलगायत अपराधका मुद्दा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया