काठमाडाैं माघ २८
ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।
ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले बताउनुभयाे । ‘झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको जनाइएकाे छ ।
२७ माघ २०८०, आईतबार ०८:०९ मा प्रकाशित