पर्सा, फागुन १०
पर्साको
वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।
वीरगञ्जमा अवस्था सामान्य हुँदै गएकाले गएराति १० बजेदेखि
कर्फ्यु पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गएको बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा
दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि विवाद र झडपको स्थिति
उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमवारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु
लगाएको थियो ।
यस्तै, रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ । अवस्था सामान्य बनेपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन
कार्यालय रौतहटले जनाएको छ
९ फाल्गुण २०८०, बिहिबार ०८:०४ मा प्रकाशित