साफ यु–२० च्याम्पियनसिप आजबाट सुरु हुँदै,उद्‌घाटन खेलमा श्रीलंका र नेपालबीच प्रतिस्पर्धा

Jhalkonepal

काठमाडौं, भदाै २

साफ यु–२० च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज श्रीलंका र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यही भदौ १२ गतेसम्म चल्ने साफ यु–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन् ।

समूह ‘ए’ मा नेपालबंगलादेश  श्रीलंका तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

प्रतिक्रिया